×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उन्नति माइक्रोफाइनान्सले मार्यो छलाङ, खुद नाफा १०३.७०% ले वृद्धि !

GLOBAL IME BANK

उन्नति माइक्रोफाइनान्सले मार्यो छलाङ, खुद नाफा १०३.७०% ले वृद्धि !

२२ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा ४ करोड १८ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको तुलनामा १०३.७०% ले धेरै हो । गत वर्ष संस्थाले २ करोड ५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ३०.८६% बढाएर ८ करोड ५१ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष संस्थाले ६ करोड ५० लाख ३८ हजार रुपैयाँ कमाएको थियो । संस्थाको सञ्चालन नाफा १०६.५०% ले वृद्धि गरेर ६ करोड ५१ लाख ४९ हजार रुपैयाँ पुर्याएको छ । साथै, जगेडा कोष ७३.७९% बढोत्तरी गरी ६ करोड ११ लाख ३९ हजार रुपियाँ पुर्याएको छ। 
यो चौथौ त्रैमाससम्ममा संस्थाले निक्षेप संकलन ६६.६८% र कर्जा प्रवाह ४५.६७% ले विस्तार भएको छ । हाल संस्थाको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रहेको छ । संस्थाको खराव कर्जा १.६३% रहेको छ भने कस्ट अफ फन्ड ०.२१%ले बढेर १०.२८% पुगेको छ।  प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५७ पैसाले बढेर ४७ रुपैयाँ ४३ पैसा पुगेको संस्थाको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ९६ पैसा रहेको विवरणमा उल्लेख छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: