
काठमाडौँ – पत्रिकामा नाम निस्किंदासमेत भ्याट तिर्न अटेरी गरेर चुप बसेका चार्टड एकाउन्टेन्ट एवम् रिलायबल लाइफ इन्स्योरेन्सका अध्यक्ष राजु शिवाकोटीले अन्तत: भ्याट बक्यौता तिरेका छन् । अर्थ सरोकार डटकमले यस विषयमा पटक पटक समाचार फलोअप गरेपछि उनले भ्याट बक्यौता तिरेका हुन् । सोमबार अर्थ सरोकारको सम्पर्कमा आएका शिवाकोटीले आफुले सम्पूर्ण भ्याट बक्यौता तिरेको भन्दै कर कार्यालयको करचुक्ताको प्रमाणपत्रसमेत पठाएका छन् ।
सिए भएर आफैं भ्याट नतिरेको भन्दै उनको चौतर्फी आलोचना भएको थियो । त्यसमाथि उनले आफ्नो स्टाफ पैसा लिएर भागेकाले भ्याट तिर्न नसकेको भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएपछि उनी थप विवादमा तानिएका थिए । आन्तरिक राजश्व कार्यालयले पनि उनले सम्पूर्ण भ्याट बक्यौता तिरेको पुष्टी गरेको छ ।
यसअघि आन्तरिक राजस्व विभाग अन्तर्गतको पुतलीसडक कार्यालयले कर बारम्बार सम्पर्क गर्दा समेत सम्पर्कमा नआएको हुलाकबाट चिठी पठाउँदा कार्यालयमा चिठी नपुगेको भन्दै १५ दिने सूचना प्रकाशित गर्दै उनलाई भ्याट तिर्न आउन भनेको थियो ।


यसो त यो रिलायबल लाइफ इन्कस्म्पयोरेन्स कम्पनीको यो पहिलो काण्ड भने होइन । कम्पनीको नामदेखि कामसम्ममा विवादमा परेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स संस्थागत सुशासन कमजोर भएको कम्पनीको रुपमा चिनिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्