काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उडड्यन विद्यालय (फ्लाईङ स्कुल) स्थापना गर्ने नयाँ योजना सार्वजनिक गर्नु भएको छ । मन्त्री भट्टराईले देश भित्रै पाईलटहरु उत्पादन गर्न र उनीहरुलाई आवश्यक ट्रेनिङको व्यवस्था गर्न सो विद्यालय स्थापना गर्ने योजना आफूले तय गरेको पनि स्पष्ट पार्नुभयो । बुधबार आफ्नै मन्त्रालयमा संचारकर्मीहरुमाझ उहाँले ५० लाखभन्दा बढी खर्च गरेर पाईलट पढन विदेश जानुपर्ने अवस्था रहेको स्मरण गराउँदै सो भन्दा कम खर्चमै देश भित्रै पाईलट अध्ययनको व्यवस्था गर्न पनि सो विद्यालय स्थापना गर्ने सोच बनाउनु परेको पनि स्पष्ट पार्नुभयो । त्यसका लागि सरकारले केही लगानी गर्ने र अन्य लगानी वायु सेवा कम्पनीहरुबाट जुटाउने मन्त्री भट्टराईको योजना छ । मन्त्री भट्टराईले वायु सेवा कम्पनीहरुलाई पनि पाईलट चाहिने भएकाले उनीहरुले पनि सो विद्यालयमा लगानी गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
मन्त्री भट्टराईले सो विद्यालय स्थापनासम्बन्धि विस्तृत योजना केही दिन भित्रै ल्याउने घोषणा पनि गर्नु भयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्