×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आशा लघुवित्तले १२% बोनस सेयर पारित गर्न कात्तिक ७ गते बोलायो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL

आशा लघुवित्तले १२% बोनस सेयर पारित गर्न कात्तिक ७ गते बोलायो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

९ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : आशा लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा
हुने मिति : कात्तिक ७ गते
विवरण :
आशा लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण कात्तिक ७ गते हुने भएको छ । सभा प्रयोजनका लागि आशाले असोज १५ गतेदेखि कात्तिक ७ गतेसम्म बुक क्लोज गर्दैछ ।
सभामा पेस हुने प्रस्तावहरु :
१२% बोनस सेयर दिने, 
अन्य कुनै वित्तीय संस्थामा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने 
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
२०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
फल एन्ड ट्राउट भिलेज होटल एन्ड रेष्टुरेन्ट, ककनी नुवाकोटमा बिहान १० बजे
कम्पनी प्रोफाइल : 
चुक्ता पुँजी : २० करोड ७४ लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २३ करोड २२ लाख ८८ हजार रुपैयाँ पुग्ने
 गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ९१ लाख ७९ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ८९ पैसा 
प्रतिसेयर नेटवर्थ : ११८ रुपैयाँ ७८ पैसा

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी