×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषिबाट लुटिएको रकम कैलाश बिकास बैंकबाट झिकिएको खुलासा, पैसा निकाल्ने मानबहादुर बूढा पक्राउ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कृषिबाट लुटिएको रकम कैलाश बिकास बैंकबाट झिकिएको खुलासा, पैसा निकाल्ने मानबहादुर बूढा पक्राउ !

Artha Sarokar

८ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कृषि बिकास बैंकबाट मेनेजरको पासवर्ड दुरुपयोग गरी रकम झिकिएको प्रकरणमा उक्त रकम कैलाश बिकास बैंकबाट झिक्ने व्यक्ति पक्राउ परेका छन्  । प्रहरीका अनुसार चोरी भएको रकममध्ये १० लाख रुपैयाँ कैलाश विकास बैंकको कैलालीको भजनी र केही रकम मकवानपुरका रहेको शाखाबाट समेत निकालेको पाइएको छ । जसमध्ये कैलाश विकास बैंकको कैलाली शाखाबाट पैसा निकाल्ने मानबहादुर बूढा पक्राउ परेका छन् । उनलाई काठमाडौं पठाउने तयारी गरिएको कैलाली प्रहरीले जनाएको छ ।
यता बैंकका डेपुटी सीइओ प्रताप सुवेदीले कृषि विकास बैंकको सिस्टम विश्वकै स्तरीयमध्येमा पर्ने भन्दै यस्तो दावी गरेका हुन् । उनका अनुसार लहान शाखाका म्यानेजर रामसेवक यादव यो घटना हुँदा तालिमका लागि काठमाण्डौ आए मौका छोपी लहान शाखाकै कर्मचारीहरुले उनको पासवर्ड प्रयोग गरी सिस्टमबाट अनधिकृत रुपमा रकम ट्रान्सफर गरेका भेटिएको छ ।
बैंकिङ क्षेत्रमा यस्ता घटना बारम्बार भइरहनुले नेपालको बैंकिङ क्षेत्रप्रति जनताको विश्वास घट्न सक्ने जोखिम देखिएको छ । तर यस्ता घटना घटीसकेपछिमात्र थाहा हुने ट्रेन्डले झन् समस्या निम्त्याउन सक्ने जोखिम भएको जानकारहरु बताउँछन् । नेपालका एटिएमहरु ह्याक भएको केहि समय नबित्दै नेपाली बैंकिङ क्षेत्रमा अर्को ‘दुर्घटना’ भएको हो ।

यसरी ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ। निर्मला तामाङलगायत रहेका छन् । यसैगरी सिरहाबाट पुष्पराज खड्का पक्राउ परेका छन् । पक्राउ पर्नेहरुको साथबाट ३१ लाख नगदसमेत प्रहरीले बरामद गरेको छ । समयमै सबैलाई पक्राउ गरिएको हुँदा करिब १० करोड रुपैयाँ लुटिनबाट जोगिएको प्रहरीको भनाइ छ ।



यो भिडियो रिपोर्ट हेर्नुभयो ?

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी