
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले एक्विजिसन सम्बन्धी प्रस्ताव पारित गर्न एकैसाथ विशेष साधारणसभा डाकेका छन् । दुवै बैंकले असोज ७ गते विशेष सभा बोलाएका हुन् । तिनाउ मिसनले नेपाल कम्युनिटीलाई एक्वायर गर्ने मुख्य एजेन्डा रहेको छ ।
तिनाउ मिसनको विशेष साधारण सभा सिद्धार्थ कटेज एन्ड रेस्टुरेन्ट बुटवल–९, रुपन्देहीमा बिहान ९ बजे सुरु हुनेछ भने नेपाल कम्युनिटीको सभा ड्रिमल्यान्ड गोल्ड रिसोर्ट प्रालि, तिलोत्तमा–५ रुपन्देहीमा बिहान ९ बजे नै बस्नेछ ।
बैंकले सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा एक्विजिसन प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ । सभाले एक्विजिसन सम्बन्धी अन्तिम सम्झौता पत्र तथा अन्य सम्झौताहरुको अनुमोदन पनि गर्नेछ । एक्विजिसनपछि जारी तथा चुक्ता पुँजी र सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।
हाल तिनाउको चुक्ता पूँजी १ अर्ब १४ करोड रुपैयाँ रहेको छ। यसअघि तिनाउ र मिसन डेभलपमेन्ट बैंक बराबरी हैसियतमा गाभिएका थिए । एक आपसमा गाभिएर गत असार ३१ गतेदेखि एकिकृत कारोबार गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्