![](https://1.bp.blogspot.com/-cYoYv0Ggptw/XZCL3Z6ddXI/AAAAAAABSNg/x241lBOIFKYJICRODU6LEgjsS6HDIoViQCLcBGAsYHQ/s640/2.jpg)
काठमाडौं – कृषि विकास बैंकको रकम लुटिएको घटनामा अनुसन्धान गर्न प्रहरीले उक्त बैंकको लाहान शाखाका कर्मचारी सुनीलकुमार झालाई पक्राउ गरेको छ ।
अर्थ सरोकार डटकमलाई प्राप्त खबर अनुसार लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले यस प्रकरणमा डेढ दर्जन बढीलाई पक्राउ गरिसकेको छ ।