![](https://1.bp.blogspot.com/-T11OmteIHgI/XYcS5MoXK-I/AAAAAAAAFR0/o50ZFHdbMqYPVOLWn_LLe7AWuBOv8ZogwCLcBGAsYHQ/s640/shrestha.gif)
काठमाडाैँ । बैंक अफ काठमामान्डूका पूर्व सिइओ अजय श्रेष्ठसहित तीनजना शुक्रबार पूर्पक्षका लागि जेल चलान भएका छन् । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बैंकिङ कसुरमा श्रेष्ठसहित तीन जनालाई थुनामा राख्ने आदेश दिएको हो ।
श्रेष्ठसँगै सुरेन्द्र श्रेष्ठ र किरणकुमार बोहोरालाई पनि पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो । त्यस्तै सोही अभियोगमा आरोपित खड्गबहादुर खत्री ५ लाख धरौटीमा रिहा भएका छन् । नक्कली बैंक ग्यारेन्टी देखाई बैंकलाई हानी नोक्सानी पुर्याएको कसुरमा प्रहरीले उनीहरुलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।