Skip to content
LAXMI SUNRISE BANK

‘हामी मर्जरका लागि सकारात्कम छौँ, तर फोर्स मर्जरले कसैलाई पनि राम्रो गर्दैन’ : अनिल शाह

अर्थ सरोकार

काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले आफुहरु मर्जरका लागि सकारात्कम रहेको बताएका छन् । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘बैंकिङ सेरोफेरो’सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 
‘हामी मर्जरका लागि सकारात्कम छौं । एक दुइवटा संस्था हेरीपनि रहेका छौं । तर मर्जर भनेको निकै कम्प्लेक्स चिज हो । यो हतारमा गर्नु हुँदैन ।’ कार्यक्रममा उनले भनेका छन् । मर्जरलाई विवाहसंग तुलना गर्दै उनले भनेका छन्, ‘छोरो ३० बर्षको भयो भनेर विवाह जसरी पनि गरिदिनुपर्छ, त्यो पनि यतिदिनभित्र अनि त्यो पनि मैले भनेको केटिसंग, किनकि छोरो ३० बर्ष पुगिसक्यो’ भन्नु गलत हो ।’ उनले भनेका छन् ।
साथै उनले गाडी वा घरमा गरिने लगानीसमेत अनुत्पादक नभएको दावी गरेका छन् । ‘मुठीभरका मान्छेलाई धनी बनाउने, अनि सर्वसाधारणले घर किन्यो, गाडी चढ्यो भने अनुत्पादक भन्ने ? यो ठिक होइन’ उनले भनेका छन् ।
उनीसँगको यो अन्तर्वार्ता नेपाल टेलिभिजन न्यूज एचडिमा शनिबार राती ८:४५ बजे प्रशारण हुनेछ ।         

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK