×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वाधार विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई अर्थमन्त्री खतिवडाको पुनः आह्वान (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पूर्वाधार विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई अर्थमन्त्री खतिवडाको पुनः आह्वान (भिडियो रिपोर्ट)

Artha Sarokar

२६ भाद्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पूर्वाधार विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई पुनः आह्वान गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले नेपालमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने उल्लेख गर्दै लगानीको क्षेत्र बढाउन अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्नु भएको हो । उहाँले नेपालमा लगानी गरिरहेका वैदेशिक लगानीकर्ताहरुले उच्च प्रतिफल प्राप्त गरिरहेको दावी पनि गर्नुभयो । नेपाल पूर्वाधार शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उहाँले नेपालमा वैदेशिक लगानीका लागि कानुनी र संरचनागत दुवै आधार तयार भएको पनि स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खतिवडाले नेपाल सरकारले बाह्य लगानी भित्र्याएर मुलुकको समृद्धिका लागि पूर्वाधार विकास, जलस्रोत र पर्यटन क्षेत्रको विकासमा जोड दिएको पनि स्पष्ट पार्नुभयो ।अर्थमन्त्री खतिवडाले नेपालको जलस्रोत, उर्जा र पूर्वाधारको क्षेत्रमा लगानी गरे जो सकैले पनि उच्च मुनाफा आर्जन गर्न सक्ने पनि बताउनु भयो ।
हेर्नुहोस् भिडियो:
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी