Skip to content
LAXMI SUNRISE BANK

एशीयाली राष्ट्रले विश्वकै अर्थतन्त्रलाई सदृढ बनाउन महत्वपूर्ण योगदान दिन सक्छ : अर्थमन्त्री खतिवडा (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले एशीयाली राष्ट्रहरुले विश्वकै अर्थतन्त्रलाई सदृढ बनाउन महत्वपूर्ण योगदान दिन सक्ने दावी गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले पूँजी बजारको विस्तारको गतिलाई अझै बढाउँदै लगेर एशीयाली राष्ट्रहरुले विश्वमै गरिवी निवारणको अभियानमा पनि अग्रणी भूमिका निर्वाह गर्न सक्ने बताउनु भयो । मंगलबारबाट काठमाडौंमा सुरु भएको ‘एशीया प्यासिफिक सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी ग्रुप’ को २३ औं वार्षिक साधारणसभालाई काठमाडौंमा उद्घाटन गर्दै उहाँले नेपालको पूँजी बजारको दायरा बढदै गएको उल्लेख गर्दै यसको निर्वाध विकासका लागि सरकारले प्रविधिको विकासमा जोड दिएको पनि स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खतिवडाले सरकारले पूँजी बजारकै हितका लागि उत्पादनमूलक क्षेत्रमा बाह्य लगानी भित्र्याउन जोड दिनु परेको पनि स्पष्ट पार्नुभयो । हेर्नुहोस् भिडियो : 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK