
काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुसँग छलफल गरेको छ । नेपालका बैंकका एटिएम ह्याकका घटना बढेसँगै प्रहरीले ३१ ओटा बैंकका सिईओहरुलाई बोलाएर छलफल गरेको हो ।
प्रहरीले चाडपर्वको समयमा बैंकको सुरक्षा चूनौती संवेदनशील हुने भएकाले यसतर्फ सचेत रहन समेत बैंकहरुलाई सुझाव दिएको छ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा बढिरहेको अपराधका सम्बन्धमा बैंकको डिजिटल प्रणालीको सुधार र भौतिक सुरक्षाका विषयहरुमा छलफल भएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
साथै बैंकले विभिन्न स्थानमा सञ्चालनमा ल्याएका एटिएम बुथको सुरक्षामा ध्यान दिन र बैंकिङ प्रणालीमा शंकास्पद गतिविधि भए तत्काल सूचना दिन पनि आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्