
काठमाडौं । विभिन्न बैंकहरुका एटीएम बुथबाट पैसा चोर्ने तीन नेपाली सहित चारजना पक्राउ परेका छन् । यस प्रकरणमा गत शनिबारदेखि जम्मा नौ जना पक्राउ परिसकेका छन् ।
सोमबार डेक्सो मनि एक्सचेन्जका सञ्चालक रविकुमार लामिछाने भन्ने वेदनाथ लामिछाने, नेपालय मनि एक्सचेन्जका सञ्चालक रोशन प्रधान र म्यानेजर रेवती दबाडी पक्राउ परेका हुन् । यस्तै आइतबार राति चिनियाँ मुलका एक फ्रेन्च नागरिक छु लुक्ली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसरले शनिबार पक्राउ गरेका पाँच जना चिनियाँ नागरिकका साथी रहेको पुष्टि भएको छ । परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनको साथबाट ६ हजार अमेरिकन डलर बरामद गरेको छ। एटीएमबाट चोरेको २९ लाख ९९ हजार नेपाली रुपैयाँ उनीहरुले विभिन्न मनि ट्रन्सफरमार्फत् साटेको प्रहरीको अनुसन्धानले देखाएको छ।
उनीहरुलाई पैसा साटेर ह्याकरसँग मिलेमतो गरेको आरोप लागेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्