
काठमाडौं । चिनियाँ ह्याकरले बैंकको एटिएमबाट पैसा लुटेको खबर पुष्टि भएपछि नेपाल राष्ट्र बैंकको आकस्मिक बैठक बसेको छ । बैठकले बैंकहरुलाई हाइ अलर्टमा बस्न आकस्मिक निर्देशन दिने निर्णय गरेको छ । शनिबार राती नै नेपालका एटिएम ह्याक गर्ने चिनियाँ ह्याकरहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । अहिले सिष्टम डाउन गरेर अनुसन्धान भइरहेको छ । कुन बैंकबाट कति चोरी भयो भनेर राष्ट्र बैंकले अध्ययन गरिरहेको छ ।
‘हामी बैंकहरुबाट विवरण संलकन गरिरहेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘ मोटामोटी ५ करोड रुपैयाँ निकालिएको अनुमान गरिएको छ ।’ ‘ह्याकरहरु पत्ता लागिसकेका छन्, कानूनी कारबाही हुन्छ, कसैलाई पनि क्षति हुँदैन,’ राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले अर्थसरोकार डटकमसँग भने ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्