
काठमाडौँ । एटिएम ह्कायाक प्रकरणमा तीन बुथहरु प्रयोग भएको खुलासा भएको छ । प्रहरीले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । घटनाबारे जानकारी दिन महानगरीय प्रहरी परिसर काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी उत्तमराज सुवेदीले ह्याकरहरुले पैसा चोर्न हिमालयन बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड र नबिल बैंक लिमिटेडको एटिएम बुथ प्रयोग गरेको बताएका छन् ।
नबिल बैंकले शनिवार बिदा पर्ने भएकाले शुक्रबार एटिएममा आइतबारसम्मलाई पुग्ने गरी पैसा हालेको थियो । तर शनिबार नै नबिल बैंकको कमलादीका दुबै एटिएम खाली भएको देखियो। अस्वभाविक रुपमा एटिएममा पैसा सकिएपछि त्यहाँ खटिएका कर्मचारीले आफ्नो सुपरभाइजरलाई खबर गरे । त्यसपछि घटना सार्वजनिक भयो। प्करहरीका अनुसार कमलादी शाखाबाट पैसा झिकेका मान्छेहरु नै नबिल बैंकको दरबारमार्ग तीनधारास्थित केन्द्रीय कार्यालयमा पनि आएर पैसा झिक्न थालेका थिए।
बैंक कर्मचारीको जानकारी पाएलगत्तै पुगेको दरबारमार्ग, कमलपोखरी र सोह्रछुट्टको प्रहरी टोलीले सुरुमा नबिल बैंकको दरबारमार्ग एटिएम बुटबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । त्यसपछि सोधपुछ र सर्च गर्ने क्रममा अन्य चारजना होटलबाट पक्राउ परे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्