काठमाडौं । नेपालमा भएको हाइटेक फ्रड, एटिएम ह्याक प्रकरणमा राष्ट्र बैंकले अध्ययन समिति गठन गरेर नेप्सलाई पत्र काटेको छ ।‘फरेन्सिक टेस्ट गर्न हामीले नेप्सलाई पत्र पठाएका छौं । केहि समयपछि यसको रिपोर्ट आउला’ भुक्तानी विभागका एक अधिकारीले भने, ‘फरेन्सिक टेस्टको रिपोर्टपछि के भएको हो भन्ने कुरा थाहा हुन्छ ।’
यो प्रकरणमा प्रहरीले सुरुवाती चरणदेखि नै सफलता पाईरहेको छ । यसअघि नै घटनामा संलग्नहरुलाई लुटिएको पैसासहित नै प्रहरीले पक्राउ गरिसकेको छ भने घटनामा संलग्न रहेको आरोपमा ३ नेपालीहरुलाईसमेत प्रहरीले पक्राउ गरिसकेको छ ।