×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकका राजीवको ‘त्यो कल’, जसले बैंकहरुलाई ठूलो दुर्घटनाबाट जोगायो…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल बैंकका राजीवको ‘त्यो कल’, जसले बैंकहरुलाई ठूलो दुर्घटनाबाट जोगायो…!

Artha Sarokar

१५ भाद्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शनिबार डीएसपी होविन्द्र बोगटीको मोबाइलको एक बैंकरको फोन आउँछ । फोन थियो दिनेश थकालीको । दिनेश थकाली अर्थात प्रभु बैंकका चिफ अपरेशन अफिसर । ‘बैंकको एटिएम सिस्टमा केही असाधारण गडबडी देखिएको छ। एउटा मान्छेले पटक–पटक असाधारण रुपमा एटीएम कार्ड प्रयोग गरेको संकेत सिस्टमले दिइरहेको छ । एटीएम सर्भिस प्रोभाइडर नेप्सबाट नबिल बैंकको दरबारमार्ग बुथमा समेत केही अनाधिकृत गतिविधि भइरहेको संकेत छ भन्ने आइटी टिमको रिपोर्ट छ ।’, थकालीले डीएसपी बोगटीलाई सूचना दिए । थकालीको सूचनापछी प्रहरी एक्सनमा होमियो। 
दिनेश थकालीले सूचनापछि परिचालन भएको डीएसपी बोगटीको टोली दरबारमार्गस्थित नबिल बैंक एटीएम बुथ पुग्दा त्यहाँ चिनियाँ नागरिक झु लियांगआंग रकम निकाल्दै थिए । प्रहरीले उनीमाथि खानतलासी गर्यो र उनको झोलाबाट २० थान नक्कली एटीएम र होटल माया मनोहर बुटिकको साँचो जफत गर्यो । प्रहरी होटल पुग्दा उनको समुहका चारजना दुई वटा सुटकेश र झोला बोकेर बाहिरिँदै थिए । प्रहरीले सबैलाई पक्राउ गर्यो । 
नबिलका राजीवबाट नेप्स हुँदै आएको थियो सूचना 
हामीले यस विषयमा दिनेश थकालीलाई सोधेका थियौँ । ‘प्रहरीलाई त खबर गर्नै पर्यो । मलाई आईटिले यस्तो रिपोर्ट गरेपछि मैले प्रहरीलाई खबर गरेको हुँ’ उनले भने । उनका अनुसार यसको प्रारम्भिक सूचना नबिल बैंकका ‘राजीव’ नाम गरेका कर्मचारीबाट नेप्स आएको थियो भने नेप्सेबाट प्रभु बैंकको आइटी विभागलाइ आएको थियो । आइटीले दिनेश थकालीलाई खबर गरेपछि उनले उनले प्रहरीलाई खबर गरेका थिए ।  ‘ठुलो दुर्घटना हुन पाएन । हामी त्यसैमा खुसी छौँ ।’ उनले भने ।   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी