×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अनुभवको फुर्ति लगाएर बैंकको संचालक बन्ने ‘औंठा छाप’हरुका दिन गए, अव बैंकको सञ्चालक हुन स्नातक हुनैपर्नै !

काठमाडौं । एकेडेमिक डिग्री नभएका तर अनुभवको फुर्ति लगाएर कुनै न कुनै हिसावले बैंकको संचालक बनी छाड्नेहरुको अव दिन गएको छ । किनकि अव बैंकको सञ्चालक हुनका लागि अनुभवले मात्र पुग्ने छैन बरु शैक्षिक योग्यता पनि ‘स्नातक’ चाहिने भएको छ । सरकारले स्वीकृत गरेको बाफिया (पहिलो संशोधन) ऐन २०७६ मा यस्तो व्यवस्था भएको हो । अर्कोतर्फ  ६५ बर्ष नाघेकाहरु पनि संचालक बन्न नपाउने भएका छन् । 
अर्कोतर्फ निरन्तर दुई कार्यकालभन्दा बढि सञ्चालक हुन पनि नपाइने भएको छ । ‘सञ्चालकको कार्यकाल नियमावलीमा उल्लेख भए बमोजिम बढिमा चार बर्षको हुने छ र निज पुन: एक कार्यकालको लागि नियुक्ति वा मनोनित भइ लगातार दुई कार्यकालसम्म मात्र कायम रहन सक्नेछ। तर लगातार दुई कार्यकाल पुरा गरेको सञ्चालक चार बर्षपछि पुन: सोही संस्थाको सञ्चालकमा मनोनित वा निर्वाचित हुन बाधा पर्ने छैन।’ विधेयको मस्यौदामा भनिएको छ ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: