
यता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पनि वैदेशिक रोजगारीमा जाने नेपालीलाई अनिवार्य बैंक खाताको प्रावधान राखिएको र यसले श्रमिकको कमाइ पनि बचत हुने र राज्यले पनि बैकिङ प्रणालीबाट रेमिट्यान्स पठाउन सहज हुने बताएका छन् ।
श्रम स्वीकृतिका लागि प्रमाणको रुपमा पास बुक, चेक बुक, एटिएम, खातामा रकम जम्मा गरेको भौचर, स्टेटमेन्ट अनिवार्य बुझाउनुपर्ने छ । उक्त कागजात बुझाएपछि भने श्रम स्वीकृति पाईनेछ