
काठमाडौं । बैंक अफ काठमाण्डूमा जग्गा किर्ते काण्डले नयाँ मोड लिएको छ । खोलाको जग्गालाई हाइवे छेउको जग्गा भनी धितोमा राखेर कर्जा प्रवाह गरेको अभियोगमा केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकका पूर्व सीइओ अजय श्रेष्ठसहित ११ जना कर्मचारीलाई पक्राउ गरेसँगै यो घटनाले नयाँ मोड लिएको हो ।
सोहि घटनामा यस अघि अन्य ६ जना पक्राउ परिसकेका छन् । सोहि काण्डमा यसअघि सुरेन्द्र श्रेष्ठ र भूपेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । सुरेन्द्र श्रेष्ठकै बयानका आधारमा अजय श्रेष्ठलाई पक्राउ गरिएको स्रोतको दावी छ ।
पक्राउ पर्नेमा बैंकका कर्मचारीसहित उक्त ऋणका भ्यालुएटर पनि छन् । सीआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार शुष्मा शाह, बिक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी, अजय श्रेष्ठलगायत छन् ।
झापाका ऋणी सुरेन्द्र श्रेष्ठले झापाको बिरिङ खोलाभित्र पर्ने जग्गाको नक्कली धनीपूर्जा बनाइ करिव ५ करोड रुपैयाँ ऋण लिएका थिए । पछि उनले ऋण नतिरेपछि जग्गा लिलाम गर्ने निर्णय हुँदा जग्गा खोलाभित्र परेको प्रमाणित भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्