×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अबदेखि बैंकहरुले सिएसआरको रकम र कर्मचारी तालिम खर्च पनि सार्वजनिक गर्नुपर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अबदेखि बैंकहरुले सिएसआरको रकम र कर्मचारी तालिम खर्च पनि सार्वजनिक गर्नुपर्ने !

Artha Sarokar

३० भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अबदेखि बैंकहरुले सिएसआरको रकमदेखि कर्मचारी तालिम खर्च पनि सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) कार्यान्वयनमा आएसंगै उक्त रकम खुलाउनु पर्ने भएको हो ।  
यता राष्ट्र बैंकले पनि ०.५ प्रतिशतभन्दा माथि शेयर हुने सेयरधनीहरुको समेत विवरण प्रकाशित गर्न निर्देशन दिएको छ । बैंकले सामाजिक उत्तरदायित्व कोष, कर्मचारी तालिम कोष, विदेशी बिनियम उतारचढाव कोष, बिल्डिङ, यातायात साधन, बीमा, विज्ञापन, चन्दा, सुरक्षा खर्चदेखि मनोरञ्जन खर्च पनि खुलाउनु पर्ने छ । 
यस्तै कर्मचारीको तालिममा भएको खर्चदेखि पत्रपत्रिकामा भएको खर्च पनि खुलाउनु पर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी