काठमाडौँ । बीमा समितिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गराउन बीमा कम्पनीहरू (बिमक)लाई निर्देशन दिएको छ । समितिले आयकर ऐन २०५८ तथा आयकर नियमावली २०५९ मा स्पष्ट भएअनुसार जीवन, निर्जीवन र पूर्नबीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता, बीमा सर्भेयर र कर्मचारीहरुलाई प्यान अनिवार्य गराउन परिपत्र जारी गरेको हो ।