
काठमाडौं । बैदेशिक रोजगार ब्यबसायी संघका नव निर्वाचित अध्यक्ष बिष्णु प्रसाद गैरेले कामदारको हीतलाई ध्यान दिएर काम गर्ने बताउनु भएको छ । शनिवार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष गैरेले कामदारको हीत र व्यवसायीको अनुकुलतामा कामगर्ने बताउनु भएको हो । सरोकारवाला निकाय सँग समन्वय गरेर सम्बादका आधारमा सहकार्य गर्न आफ्नो कार्यसमिति सधै तयार रहेको पनि बताउनु भयो । अध्यक्ष गैरेले अघिल्लो कार्यसमितिले गरेका गल्तिको कारण ब्यबसायी र मन्त्रालय बीच बढेको दूरीलाई घटाउने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो ।
सरकारले व्यवसायीको सहमति बिना केहि येन संसोधन गरेको नियमावली ल्याएकोले ब्यबसायी र सरकार बीच दुरी बढेको बताउनु भयो । गत मंगलबार भएको निर्वाचनमा अध्यक्ष गैरेको नेतृत्वमा नेपाली कांग्रेस निकट मानिएका बहुमत ब्यबसायी केन्द्रिय पदाधिकारिमा आएका छन् । अध्यक्ष गैरेले नेकपा निकट प्रगतिशिल समूहका सरोज कुमार पोखरेललाई ४८ मतले हराएका थिए । हेर्नुहोस् भिडियो:
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्