
काठमाडौँ । यसवर्षको वडादशैँको टीकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको वडादशैँको टीकाको साइत सार्वजनिक गरेको हो । समितिले टीकाको साइत असोज २१ गते बिहान १०ः३५ बजे तोकेको छ ।
यस्तै समितिले घटस्थापनाको साइत असोज १२ गते (आइतबार) बिहान १०ः३५ बजे निर्धारण गरिएको छ भने १३ गते (सोमबार) बिहान १०ः२५ बजे सेनाको झण्डा फेर्ने साइत तोकिएको छ । समितीका अनुसार सेनाको उक्त झण्डा पश्चिम मोहडा गरेर फेर्नुपर्ने छ । साथै समितिले १६ गते (बिहिबार) पचली भैरवको यात्रा र १८ गते (शनिबार) फुलपातीको समय बिहान ८ः५२ बजे निर्धारण गरेको छ । सोहि दिन नै तलेजु भवानीको यात्रा पनि सुरु हुनेछ भने १९ गते आइतबार महाअष्टमी र कालरात्री सुरु हुनेछ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्