
काठमाडौं । बिपी राजमार्गमा सवारी चलाउँदा अबदेखि सडक कर तिर्नुपर्ने भएको छ । सडक बोर्ड नेपालले असोज १ गतेदेखि लागु हुने गरि बिपी राजमार्गमा सडक कर उठाउने निर्णय गरेको हो ।
यसअघि सो राजमार्गमा निःशुल्क सवारी चलाउने व्यवस्था थियो । अब सिन्धुली–वर्दिवास सडक अन्तर्गतको यस राजमार्गमा सडक विभाग र सडक बोर्डको संयुक्त पहलमा कर उठाउन सुरु गरिएको विपी हाइवे आयोजनाका प्रमुख सूर्यबहादुर भाटले जानकारी दिए ।
धुलिखेल–खुर्कोट र खुर्कोट, सिन्धुली बर्दिवास गरी दुई खण्डबाट कर उठाउन सुरु गरिएको हो । धुलिखेलदेखि खुर्कोटसम्म चल्ने बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मेशिनरीले १२५ रुपैयाँ तिर्नु पर्नेछ भने हलुका सवारी साधन कार, जिप, पिकअप, भ्यान, र ट्रयाकटरले ५० रुपैयाँ तिर्नु पर्नेछ । तिनपांग्रे टेम्पो र मोटरसाइकलले १५ रुपैयाँ तिर्नु पर्नेछ । यस्तै खुर्कोट-सिन्धुली-बर्दिवाससम्म चल्ने बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मशिनरीले ११५ रुपैयाँ तिर्नु पर्नेछ भने कार, जिप, पिकअप, भ्यान, र ट्रयाकटर ले ४५ रुपैयाँ र तिनपांग्रे टेम्पो र मोटरसाइकलले १५ रुपैयाँ तिर्नु पर्नेछ ।
यद्यपी करबाट उठेको रकम सडक मर्मतको लागि प्रयोग गरिने बोर्डले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्