काठमाडौं । बैंकका अध्यक्षहरु पनि संगठित भएका छन् । अध्यक्षहरुले ‘चेयरम्यान एसोशिएसन’ नामक संगठन बनाएका हुन् । एनएमबि बैंकका अध्यक्ष पवन गोल्यानको अध्यक्षमा उक्त संगठन बनेको हो । यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बैंकका अध्यक्षहरुको संगठन दर्ता तत्काल हुने बताइएको छ ।
पछिल्लो समय विभिन्न निकायबाट बैंकहरुलाई पेल्न थालिएपछि संस्था जन्माउनु परेको बैंकका अध्यक्षहरु बताउँछन् ।