×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौतारी लघुवित्त वित्तीय संस्थाको १७.८९% लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

PRIME CA
GLOBAL IME BANK

चौतारी लघुवित्त वित्तीय संस्थाको १७.८९% लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

२० भाद्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – चौतारी लघुवित्त वित्तीय संस्थाले १७.८९% लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट ७% बोनस सेयर र १०.८९% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले १ करोड ३० लाख २० हजार रुपैयाँ बराबरको बोनस सेयर र २ करोड २ लाख ६४ हजार २१० रुपैयाँ नगद लाभांश बाँड्ने भएको छ । 
हाल चौतारी लघुवित्तको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी १९ करोड ९० लाख २० हजार रुपैयाँ पुग्नेछ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: