
काठमाडौँ । सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले आइतबार सपथ ग्रहण गरेका छन् । आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच असोज १० गते बसेको बैंकको संचालक समितिको ३१४ औं बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका भण्डारीलाई गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
बैंकको स्थापनाकालदेखि २०७५ पुससम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यकाल पूरा गरेका भण्डारीले सञ्चालक समितिको अध्यक्ष पदमा आगामी ४ बर्षको कार्यकालका लागि आइतबारबाटै पदभार ग्रहण गरेका हुन् ।
निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने बैंकको योजना रहेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरी ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्