×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस र बेलायतको ईजेड रेमिटबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिटी एक्सप्रेस र बेलायतको ईजेड रेमिटबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

Artha Sarokar

१० आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – बेलायतको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी ईजेड रेमिट(बीएफसी बैंक) र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ ।
कुवेत, बहराईन, मलेसिया, भारत, बेलायत लगायत विश्वभरी रहेको ईजेड रेमिट(बीएफसी बैंक) को ब्रान्च तथा एजेन्टहरुबाट अब सजिलै आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।
नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७००० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईजेड रेमिट(बीएफसी बैंक)को तर्फबाट प्रमुख बित्तीय अधिकृत एम मल्लिकले हस्ताक्षर गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी