
दाङ । देव बिकास बैंकको घोटाला प्रकरणमा थप १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बैंकको नारायणपुरस्थित शाखामा भएको झन्डै १८ करोड रुपैयाँ हिनामिना प्रकरणमा थप १० जना पक्राउ परेका हुन् । बैंकको रकम घोटाला काण्डमा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा घोराही १० निवासी ४७ बर्षीय वशन्तबहादुर बस्नेत,सोही ठाउँका २६ बर्षीय अर्जुन बस्नेत, सोही ठाउँकै ४५ बर्षीय झगबहादुर डिसी, घोराही १० कै ३७ बर्षीय उज्वल आचार्य, सोही ठाउँकै ५४ बर्षीइ सतकुमार पौडेल, घोराही ८ का ४३ बर्षीय वशन्त बुढाथोकी, साविका कोईलाबास–४ स्थायी बसोबास भई हाल घोराही १४ निवासी २४ बर्षीया बन्धना गुप्ता, साविक कोईलाबास – ९ स्थायी वतन र हाल घोराही १५ निवासी ३८ बर्षीय बिरेन्द्रकुमार गुप्ता, साविक कोईलाबास – ५ स्थायी वतन हाल घोराही १० निवासी ४५ बर्षीय सक्टुराम गुप्ता र साविक त्रिभुवन नगरपालिका वडा नं १० र हाल घोराही उपमहानगरपालिका वडा नं १४ निवासी ३१ बर्षीय विजयकुमार गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
पक्राउ पर्नेमध्ये उज्ज्वल नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्