×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : सनसिटी अपार्टमेन्टको हस्तान्तरणमा ‘लफडा’, करोडौँको चलखेल भएको आरोप !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

EXCLUSIVE : सनसिटी अपार्टमेन्टको हस्तान्तरणमा ‘लफडा’, करोडौँको चलखेल भएको आरोप !

Artha Sarokar

२७ भाद्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । गोल्छा समूह प्रोमोटर रहेको सांग्रिला हाउजिङ्ग प्रालिले निर्माण गरेको सनसिटी अपार्टमेन्ट, काँडाघारीको हस्तान्तरण गैरकानुनी भएको भन्दै त्यहाँका अपार्टमेन्टबासीहरुले विरोध जनाएका छन् । करार बमोजिम निर्माण गर्न बाँकी रहेका सम्पुर्ण पूर्वाधार तयार नभई सोसाइटीका केहि व्यक्तिलाई प्रभावमा पारी यो काम भएको भन्दै विरोध भएको हो । यसमा भवन विभाग र मालपोतका कर्मचारीको पनि संग्लग्नता रहेको भन्दै उनीहरुले चरणवद्ध रुपमा अगाडी बढ्नेसमेत तयारी गरेका छन् ।
कहाँ उल्लङ्घन भयो करार सम्झौता ?
अर्थ सरोकारलाई उपलब्ध हस्तान्तरण सम्झौताको अनुसुची १ मा कम्पनीले बनाउन बाँकी रहेका पूर्वाधार एवं करार बमोजिम गर्नुपर्ने अन्य कामहरु पूरा गर्न एकमुस्ट रु ७० लाख सोसाइटीलाई दिने भनी उल्लेख छ। कम्पनीले आफै ति पुर्वाधार तयार गर्ने हो भने त्यसको निम्ति थप जग्गा थप्नुपर्ने हुने थियो । अनुसूची १ मा ब्याटमिन्टन कोर्ट बनाउने भनी रु ३ लाख र तलाउ बनाउने भनी ७ लाख रुपैयाँ दिने उल्लेख छ । यस्तै कम्पाउण्ड वाल, बेसमेन्ट सिलिङ्ग, ए र बिल्डिंगको पार्किंगमा टाइल्स जस्ता बिल्डर स्वयंले पूरा गर्नुपर्ने काम समेत गरिएको छैन । एच, आइ, जे टावरमा रंग गरिएको छैन र त्यसको निम्ति एकमुष्ट रु १२,३५,००० दिने भनिएको छ ।
यसकारण लाग्यो ‘गैरकानुनी हस्तान्तरण’को आरोप ! 
केहि वर्षअघि सनसिटी अपार्टमेन्टका खरिदकर्तालाई थाहा नदिईकन सांग्रिला हाउजिङ्गले सनसिटी हाउजिङ्ग वेलफेयर सोसाइटी भनी एक संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको थियो । अचानक थोपरिएको संस्थाको अधिकांश अपार्टमेन्टका खरिदकर्ताले विरोध गरेका थिए । सांग्रिला हाउजिङ्गका तर्फबाट हेमन्त गोल्छाले त्यहीका एक वासिन्दालाई प्रयोग गरी उनी मार्फत अन्य केहि व्यक्तिलाई हात लिए । देखाउनका लागि 
सोसाइटीको अध्यक्ष कम्पनीले नियुक्त गर्ने विधानमा लेखिएको भएतापनि निज व्यक्तिलाई नै कार्यवाहक अध्यक्षको दायित्व दिइएको आरोप छ । सनसिटी हस्तान्तरणको कागजमा उनै रेग्मीले कार्यवाहक अध्यक्षको रुपमा सही गरेका छन् । 
विधानअनुरुप रु ५००० तिरी मात्र सदस्य हुने व्यवस्था भएको सो संस्थामा कोहि सदस्य नभए पनि अपार्टमेन्टको बत्ति पानीको भुक्तानी सांग्रिला हाउजिङ्गले सो संस्थामार्फत उठाउदै आएको थियो । सो सोसाइटीको सम्पुर्ण हिसाबकिताब सांग्रिला हाउजिङ्ग कै नियन्त्रणमा राखिएको आरोप त्यहाँका अन्य अपार्टमेन्टबासीहरुले लगाएका छन् । प्रोजेक्टको हस्तान्तरण लिनका निम्ति कम्पनीले दर्ता गरेको एकतर्फी सोसाईटीको विरोधमा रहेका सबै बासिन्दा मिली जिल्ला प्रशासन कार्यालयमै छुट्टै सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटी दर्ता गरिएको थियो । सोहि संस्थामा हस्तान्तरण लिने तयारीमा रहेका बासिन्दाले केहि हफ्ता अघिमात्र संस्थाको साधारण सभा गरेका थिए। सो सभाले हस्तान्तरण प्रकृया, खरिद विक्री करार सम्झौता एवं बिल्डरका दायीत्वको अध्ययन गरी कार्यसमितिलाई हस्तान्तरणको सुझाव दिन वरिष्ठ अधिवक्ता निरन्जन आचार्य, लक्ष्मी उप्रेती एवं बिमल ढुंगेल सहितको समिति बनाएको थियो । अपार्टमेन्ट बासिन्दा भन्छन्, सो समितिले काम गर्नु अगावै हल्ला फैलियो, सनसिटीको हस्तान्तरण भयो । बासिन्दाको संस्थाका तर्फबाट संस्थाका अध्यक्ष प्रविन झाले सम्झौतामा हस्ताक्षर गरेका छन्।
साधारण सभाले अख्तियारी नै नदिएको अवस्थामा अध्यक्ष प्रविन झाले सम्झौतामा कसरी हस्ताक्षर गरे त ? नाम
नखुलाउने शर्तमा त्यहि बसोबास गर्दै आएका एक व्यवसायी भन्छन्, ‘नियोजित रुपमा माइनुट परिवर्तन गरियो,
उपस्थितिमा सबैले हस्ताक्षर गरेकै थिए, कागज मिलाउन कुनै गारो कुरो भएन। ‘ बासिन्दाको आँखा छली कानुनी दायित्वबाट उम्किने गोल्छाको यो प्रयासमा साथ दिने बासिन्दाको संस्थाको अध्यक्ष प्रविन झाले हस्तान्तरण सम्झौतामा सहि गर्दा बासिन्दाको तर्फबाट कोहि साक्षी समेत नराखेको आरोप अपार्टमेन्ट बासिन्दाहरुको छ । सम्झौताको साक्षीका रुपमा सांग्रिला हाउजिङ्ग प्रालि कै कर्मचारी लक्ष्मी श्रेष्ठ र कम्पनीको सोसाइटीका कर्मचारी मात्र राखिएको छ।
पर्दा पछाडिका खेल यस्तो ?
गैरकानुनी रुपमा हतार-हतार गरिएको यो हस्तान्तरण पछाडी करोडौको खेल रहेको अपार्टमेन्ट बासिन्दामध्ये अधिकांसको बुझाइ छ । ‘१० वटा बिल्डिंग बनाउने भनी आकर्षक प्रोजेक्ट ब्रोसर देखाई बेचिएको सनसिटीमा खरिदकर्तालाई थाहा नै नदिई भवन विभागका कर्मचारीको मिलेमतोमा आधा प्रोजेक्ट नबनाउने भनि सांग्रिला हाउजिङ्ग प्रालिले दक्षिणतिरको जग्गा बेचेको थियो । बनिसकेको संरचना नभत्काई कम्पनीसँग तलाउ र ब्याटमिन्टन कोर्ट बनाउन सनसिटीमा जग्गा थिएन । ब्रोसरमा देखाइएका अरु पूर्वाधार समेत त्यहि रुपमा बनाउदा कम्पनीको करोडौ खर्च हुने थियो। नभएको ठाउमा तलाउ र ब्याटमिन्टन कोर्ट कहाँ बनाउने? कानुनी रुपमा व्यवस्थापन मात्र गर्ने सोसाइटीले बिल्डरको काम कसरी गर्न मिल्छ? तर यो सबै जान्दा जान्दै भवन बिभागले हस्तान्तरण स्वीकृति कसरी दियो? प्रविन झा र पुस्कर रेग्मीले बन्द कोठामा बसी हस्तान्तरण लिने निर्णय किन गरे? यसै कारण सनसिटीका बासिन्दाहरु सांग्रिला हाउजिङ्ग, प्रविन झा र पुस्कर रेग्मी र भवन विभाग विरुद्ध आवस्यकता अनुरुप सर्वोच्च अदालत र अख्तियारमा निवेदन दिने प्रकृयामा हामी छौं’ अपार्टमेन्टबासी एक व्यवसायीले भने ।
उनका अनुसार प्रति आना ३० लाख भन्दा कममा सनसिटी छेउमा जग्गा नपाइने र एउटै अपार्टमेन्टलाई करोडमा खरिदविक्री हुने अवस्थामा कागज मिलाई गरिएको यो हस्तान्तरण पछाडी करोडौका स्वार्थ जोडिएका छन्।
बाँकी अर्को अंकमा…
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी