काठमाडौँ – दशै तिहार तथा छठ पर्वलाई लक्षित गरि काठमाण्डौंको भृकुटिमण्डपमा फेस्टिवल शपिंग मार्केट सुरु भएको छ ।
‘अफरै अफरको व्यापारिक भेला, शपिंग गर्ने यहि हो बेला’ भन्ने नाराका साथ सञ्चालन भएको फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सय वटा स्टलहरु रहेको छ ।
फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहेको छ । फेस्टीवल मार्केट अवलोकन तथा किन्न आउनेलाई उपहारको समेत व्यवस्था गरेको छ । बम्पर उपहारको रुपमा अवलोकनकर्ता र किन्न आउनेलाई मोटरसाइकल दिने जनाएको छ । फेस्टिवल सपिंग असोज ९ देखि १३ गते सम्म संचालन हुने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्