
काठमाडौँ । केहि बर्ष अघि सिए पढ्न भारत गएका थिए गोबिन्द आचार्य । त्यहाँ पढ्दै गर्दा उनीभित्र जन्मिएको सोचले पोखरामा आएर मुहुर्त रुप लियो । व्यस्त जीवनशैलीका कारण मानिसहरु टेक्नोलोजीसँगै अघि बढीरहेको सन्दर्भ, डिजिटल नेपाल र स्मार्ट सिटीको अवधारणालाई आत्मसाथ गर्दै ग्राहकलाइ सुपथ मूल्यमा उच्च गुणस्तरीय उपभोग्य सामाग्री घर घरमै पुर्याउने लक्ष लिएर करिव १ वर्ष अघि पोखराबाट फेवा बजार सुरु भयो ।
पोखरा, लेखनाथ, बाग्लुङ, बेनी, दुलेगौँडा, भिमाद, डुम्रे, आँबुखैरेनी गरी १२ वटा आउटलेट र ५० वटा डिलरसिप स्थापना भएपछि मिसन काठमाडौँतर्फ मोडियो । पोखरामा सफलता पाएसँगै उनले लिड गरेको ‘फेवा बजार डटकम’को सेवा काठमाडौँ भित्रिएको छ । फेवाबजार डट कमले ई–कमर्स कम्पनी काठमाडौंबाट यही असोज १२ गतेबाट सेवा विस्तार गर्ने भएको हो ।
अबको एक वर्षको समयमा देशका विभिन्न मुख्य शहरहरूमा शाखा सञ्चालन गर्ने लक्ष्य लिएको फेवा बजारले असोज ५ देखि १७ गतेसम्म फेवाबजार एक्सक्लुसिभ अफर पनि ल्याएको छ छ । जसमा ५० प्रतिशतसम्म छुट लगायतका विभिन्न अफरहरु छन् ।
फेवाबजार डट कम र फेवाबजार एन्ड्रोइड, आईओएस, एपबाट पनि संचालन गर्न सकिन्छ । त्यसैगरी, कार्ड पेमेन्ट, इन्स्टलमेन्ट पेमेन्ट, क्यासबाट पनि सामान किन्न सकिन्छ । मासिक किस्ताबन्दीमा २० हजार देखि ५ लाखसम्मका सामान उपलब्ध गराउने नेपाली पहिलो ई–कमर्स कम्पनी हो ।
बार्गेनिङ गर्न नपर्ने, समयको बचत हुने, भिडभाडमा ठगिने सम्भावना नहुने, न्यून मूल्यमा होम डेलीभरी सेवाका साथै विशेष अफरको समयभित्र ५० प्रतिशतसम्म छुटका साथै अन्य आकर्षक स्किम दिने भएकाले ग्राहकले फेवाबजार डट कमबाट सामान खरिद गर्छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्