काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार प्रति तोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रति तोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार १ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ४५ रुपैयाँ ९ पैसा कायम गरेको छ ।