
काठमाडौँ । बिगत ११ दिनदेखि बैंक धाउँदा पनि आफुलाई थाहा नै नदिई एकाएक आफ्नो खाताबाट गायब भएको पैसा ग्लोबल आइएमइ बैंक लिमिटेडले नदिएपछि अर्थ सरोकारको सहयोग माग्न आइपुगेका श्याम चौहानले अर्थ सरोकार डटकमले यस विषयमा समाचार प्रकाशन गरेपछि अन्तत: उक्त रकम फिर्ता पाएका छन् । सोमबार बेलुकी अर्थ सरोकारमा समाचार प्रकाशन भएपछि मंगलबार विहान बैंक व्यवस्थापनको बैठकले पीडीत मिडियामा गइसकेकाले अव आफुहरुलाई गाह्रो पर्ने भन्दै उक्त रकम फिर्ता गरेको पीडीतले जनाएका छन् ।
‘अर्थ सरोकारप्रति सदैव कृतज्ञ छौं’ : श्याम चौहान
यसैबीच श्याम चौहानले अर्थ सरोकारको समाचारपछि बैंकले दवाव अनुभव गरी समाचार आएको भोलिपल्टै आफ्नो पैसा दिएको भन्दै खुसी व्यक्त गरेका छन् । ‘११ दिनसम्म हामीलाई त्यसै झुलाए । अर्थ सरोकारले समाचार आउनेबित्तिकै पैसा फिर्ता दिए । अर्थ सरोकारप्रति हामी सदैब कृतज्ञ छौं ।’ उनले भने ।
काठमाडौँमा केनल हाउसको व्यवसाय गर्दै आएका उनले एकजना साथीलाई ग्लोबल आइएमइ बैंकको चेक काटेर दिएका थिए । आफ्नो खातामा पैसा कति छ भन्ने हेक्का भएरै चेक दिंदा पनि चेक बाउन्स भएपछि उनले यस विषयमा बैंकलाई खबर गरेका थिए । बैंकले आफ्ना स्टाफको गल्ती भएको भन्दै गल्ती स्वीकारेको थियो तर अनुसन्धान बाँकी रहेको भन्दै पैसा फिर्ता दिएको थिएन । अन्तत: पीडीतले पैसा फिर्ता पाएका छन् ।
यता बैंकमा भने उक्त घटना थप अनुसन्धानका क्रममा रहेको बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्