
काठमाडौँ । डेभलोपमेन्ट बैंकर्स एसोसीएसनका अध्यक्ष एवम् गरिमा बिकास बैंकका सीइओ गोबिन्द प्रसाद ढकालले बैंकलाई राम्रो बनाउनेमात्र नभई डुबाउने पनि सिइओ रहेकाले गलत गर्ने सीइओलाई कारवाही गर्नुपर्ने बताएका छन् । नेपाली बैंकिङ क्षेत्रको एक मात्र विशुद्ध बैंकिङ कार्यक्रम ‘बैंकिङ सेरोफेरो’सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले बैंक भनेकै नाफामुखी संस्था भएकाले बैंकले नाफा कमाउनु सामान्य भएको तर बैंकहरुले नाफामात्र कमाए भन्नु गलत भएकोसमेत स्पष्ट परेका छन् । ‘बैंकले नाफा नै कमाउन छाडे भने त कसले लगानी गर्छ । लगानी र त्यसको रिटर्न हेर्ने हो भने बैंकले नाफा मात्र कमाउँछन् भन्ने कुरा गलत पुष्टी हुन्छ’ उनले भनेका छन् ।
‘बैंकास्योरेन्समा बैंकबाट पनि अत्याचार भएको हो’
यता बैंकास्योरेन्सका नाममा संस्थागत एजेन्टको काम गर्दा बैंकहरुबाट पनि अत्याचार भएकोसमेत ढकालको स्वीकारोक्ति छ । ‘पूरै रोक्ने वा नियमन नगर्ने दुवै कुराको म विरोधी हो । यस्तो हुनु हुँदैनथियो ।’ कार्यक्रममा उनले भनेका छन्, ‘केहि कुरालाई रोक्ने भन्दा पनि व्यवस्थित गर्ने कुरामा जोड दिएको भए राम्रो हुन्थ्यो ।’ पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै मर्जरको बिकास के छ भन्ने कुरा सोधेकोबारे आफुलाई थाहा नभएकोसमेत उनको भनाइ छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकका केहि जिम्मेवार व्यक्तिहरुले नै अव ‘ख, ग’ वर्गका बैंकहरु चाहिंदैन भनेर संचारमाध्यममा बोलेको बारेमा पनि असन्तुष्टि पोखे ।
हेर्नुहोस् उनको अन्तर्वार्तासहितको कार्यक्रम बैंकिङ सेरोफेरो’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्