
काठमाडौँ । ‘बैंकहरुले नाफामात्र कमाए’ भन्ने चर्चा चौतर्फी रहेका बेला यस विषयमा विभिन्नखाले टिका-टिप्पणी भइरहेका छन् । विशेषगरी व्यापारीहरुको यो आरोप छ । धेरै सर्वसाधारणले पनि बैंकहरु बढी नाफामुखी मात्र भए भन्ने कुरालाई जोड दिइरहेका बेला डेभलोपमेन्ट बैंकर्स एसोसीएसनका अध्यक्ष एवम् गरिमा बिकास बैंकका सीइओ गोबिन्द प्रसाद ढकालले भने यस्तो आरोप लगाउनेहरु सर्वसाधारण नभई ‘असर्वसाधारण’ भएको टिप्पणी गरेका छन् ।
नेपाल टेलिभिजन न्यूज एचडीमा हरेक शनिबार राती ८:५० बजे प्रशारण हुने नेपाली बैंकिङ क्षेत्रको एक मात्र विशुद्ध बैंकिङ कार्यक्रम ‘बैंकिङ सेरोफेरो’सँग कुराकानी गर्दै उनले बैंक भनेकै नाफामुखी संस्था भएकाले बैंकले नाफा कमाउनु सामान्य भएको तर बैंकहरुले नाफामात्र कमाए भन्नु गलत भएको बताएका छन् । ‘बैंकले नाफा नै कमाउन छाडे भने त कसले लगानी गर्छ । लगानी र त्यसको रिटर्न हेर्ने हो भने बैंकले नाफा मात्र कमाउँछन् भन्ने कुरा गलत पुष्टी हुन्छ’ उनले भनेका छन् ।
पचिल्लो समय सार्वजनिक भएको मौद्रिक नीतिमाथि टिप्पणी गर्दै उनले बिकास बैंकहरुलाई सरकारी ‘डिपोजिट’ राख्न र एलसी खोल्न बाटो खुला नगरेको प्रति दुखेसो प्रकट गरे । साथै उनले बिकास बैंकहरु वाणिज्य बैंकहरुभन्दा केहि कुरामा पनि कमजोर नभएको ठोकुवा गर्दै नियामक र सरकारले सोहि रुपमा बाटो खुला गरिदिनुपर्ने बताए । साथै उनले नेपाल राष्ट्र बैंकबाट बिकास बैंकहरुलाई मर्जरमा जान कुनै पनि लिखित निर्देशन नआएको स्पष्ट पारे ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै मर्जरको बिकास के छ भन्ने कुरा सोधेकोबारे आफुलाई थाहा नभएकोसमेत उनको भनाइ छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकका केहि जिम्मेवार व्यक्तिहरुले नै अव ‘ख, ग’ वर्गका बैंकहरु चाहिंदैन भनेर संचारमाध्यममा बोलेको बारेमा पनि असन्तुष्टि पोखे । उनीसँग गरिएको कुराकानी शनिबार राती ८:५० बजे नेपाल टेलिभिजन न्यूज एचडीमा प्रशारण हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्