×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्री गोकर्ण विष्टद्वारा रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मन्त्री गोकर्ण विष्टद्वारा रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह (भिडियो रिपोर्ट)

Artha Sarokar

७ आश्विन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गर्नु भएको छ । मन्त्री विष्टले श्रमिकको हित हुने गरी रोजगारीको अवसर सृजना गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । मंगलबारबाट काठमाडौंमा सुरु भएको विश्व ट्रेड युनियन महासंघ अन्तरगतको ‘एशीया प्रशान्त क्षेत्रीय सम्मेलन’ को उद्घाटन गर्दै उहाँले विश्वमा युद्ध र युद्धमा प्रयोग हुने हतियारका लागि गरिएका सबै लगानी रोजगारीको अवसर सृजना गरेर मानव जातिको हित र कल्याणका लागि उपयोग गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । मन्त्री विष्टले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै एशीया प्रशान्त क्षेत्रको श्रमिकको हितमा काम गर्न नेपाल सरकार तयार रहेको पनि बताउनुभयो ।
मन्त्री विष्टले नेपालले सबै श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कामलाई तीव्रता दिएको दावी पनि गर्नुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी