काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रति तोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार १ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ४१ रुपैयाँ ६ पैसा कायम गरेको छ ।