काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ७१ हजार ७ सय रुपैयाँ कारोबार भईरहेको छापावाला सुन आज ७ सयले घटेर प्रति तोला ७१ हजार रुपैयाँ कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ४६ रुपैयाँ कायम गरेको छ ।