Skip to content
LAXMI SUNRISE BANK

तीन वर्षयता ग्रील व्यवसायमा काम गर्ने ५३ जना श्रमिकको मृत्यु (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौं । तीन वर्षयता ग्रील व्यवसायमा काम गर्ने ५३ जना श्रमिकको ज्यान गएको पाइएको छ । ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालका अध्यक्ष मोहन कटुवालले सामान्य सुरक्षामा समेत ध्यान नदिएका कारण ती श्रमिकहरुले ज्यान गुमाउनु परेको तथ्यांक सार्वजनिक गर्नु भएको हो । आईतबारबाट काठमाडौंमा सुरु भएको ग्रीलमा कार्यरत श्रमिकहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले ग्रील व्यवसाय जोखिमपूर्ण भएकाले सावधानीका साथ काम गर्न पनि त्यसमा कार्यरत श्रमिकहरुलाई सचेत गराउनु भयो । अध्यक्ष कटुवालले हातमा पञ्जा लगाउने, आँखामा चश्मा लगाउने जस्ता सामान्य सावधानी नअपनाउँदा पनि ग्रीलमा काम गर्ने श्रमिकहरुको ज्यान जाने गरेकाले उनीहरुलाई सचेत गराउन प्रशिक्षणलगायतका कार्यक्रम संचालन गर्नु परेको पनि स्पष्ट पार्नुभयो ।
महासंघले ग्रील श्रमिकहरुको सुरक्षाका लागि पनि देशभर यस्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने योजना पनि तय गरेको छ । अध्यक्ष कटुवालले ग्रीलका कार्यरत श्रमिकहरुको जीवन र उनीहरुले आर्जन गरेका धनको सुरक्षा गर्न पनि महासंघले उनीहरुको जीवन रक्षाका लागि सावधानी अपनाउन सघाउ पुर्यांउने उद्देश्यका साथ प्रशिक्षण लगायतका चेतनामूलक कार्यक्रम संचालन गर्ने कामलाई अघि बढाइएको पनि स्पष्ट पार्नुभयो । 
हेर्नुहोस् भिडियो:
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK