काठमाडौँ । मन्त्रीपरिषदबाट स्वीकृत भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक पारित भएको खण्डमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानासहित बाणिज्य बैंकहरुका चार जना सिइओहरुको जागिर चट् हुने कन्फर्म भएको छ । सरकारले बाफिया (पहिलो संशोधन) ऐन २०७६ स्वीकृत गरिसकेको अवस्थामा अव संसदमा टेबुल गर्ने तयारी सरकारको छ ।
मूल ऐनको दफा २९ मा संशोधन गरी भनिएको छ, ‘एउटा बैंक तथा वित्तीय संस्थामा दुई कार्यकाल पुरा गरी सकेका प्रमुख कार्यकारी अधिकृत वर्तमान कार्यकाल समाप्त भएपछि स्वत अवकाश हुने छ ।’ यो ऐनको समग्र र सटिक बुझाइ भनेको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सेवा प्रवेशको शुरुवातदेखि गणना गर्ने ब्यवस्था गर्नु हो । अहिले भइरहेको व्यवस्थामा भने ऐन प्रारम्भ भएको मितिबाट मात्र कार्यकाल गणना हुने नियम थियो । विधेयक पारित भएमा नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानासहित नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे, हिमालयन बैंकका अशोक राणा, र प्राइम कमर्सियल बैंकका नारायणदास मानन्धरको जागिर जाने कन्फर्म छ ।
यस्तै अव नयाँ सीइओ राख्न पनि राष्ट्र बैंकको अनुमति चाहिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्