
कम्पनीको साधारणसभा कार्की व्याङ्केट, बबरमहल काठमाडौँमा विहान ११: ३० बजे हुनेछ । सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारणबाट २ गरी कुल ५ जनाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन नियमावली संशोधन गरिने प्रस्ताव पनि हुनेछ ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । उक्त सभाको लागि कम्पनीले भाद्र १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।