काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्सको २५औं बार्षिक साधारणसभा आश्विन ६ गते (सोमबार) बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । बिमा कम्पनीले नियमनकारी निकायले गरेको व्यवस्था अनुसार एनएफआरएस पद्धतिबाट वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न नसकिएको हो ।
कम्पनीको साधारणसभा कार्की व्याङ्केट, बबरमहल काठमाडौँमा विहान ११: ३० बजे हुनेछ । सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारणबाट २ गरी कुल ५ जनाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन नियमावली संशोधन गरिने प्रस्ताव पनि हुनेछ ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । उक्त सभाको लागि कम्पनीले भाद्र १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्