Skip to content
LAXMI SUNRISE BANK

सामाजिक–आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी : मन्त्री ईश्वर पोखरेल (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौँ । कार्यबहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको सामाजिक–आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी रहेको बताउनु भएको छ । कार्यबहाक प्रधानमन्त्री पोखरेलले मुलुकको दीगो विकास लक्ष्य हासिल गर्न पनि जिम्मेवार निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गर्नुभयो । 
बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘दीगो विकासका लागि जिम्मेवार व्यवसाय सम्मेलन’ को उद्घाटन गर्दै उहाँले सन् २०३० भित्र नेपाललाई दीगो विकास लक्ष्य हासिल गर्न ३०४ खर्व बजेट चाहिने अनुमान गरिएको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रले ३६ प्रतिशत भन्दा बढि योगदान गर्न सक्ने अपेक्षा गरिएको पनि स्पष्ट पार्नुभयो ।
कार्यबहाक प्रधानमन्त्री पोखरेलले निजी क्षेत्रलाई साथमा लिएरै मुलुकलाई समृद्ध बनाउने काममा सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताउनुभयो । हेर्नुहोस् भिडियो :
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK