×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सनराइज बैंक कृषकहरुको बैंक हो, कृषि कर्जा नपाए हामीकहाँ नै आउनुहोस्’ : जनक शर्मा पौड्याल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘सनराइज बैंक कृषकहरुको बैंक हो, कृषि कर्जा नपाए हामीकहाँ नै आउनुहोस्’ : जनक शर्मा पौड्याल

Artha Sarokar

३ आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सनराइज बैंक कृषकहरुको बैंक भएको बताएका छन् । ठूला व्यापारिक घराना भन्दापनि कृषकहरुलाई आफ्नो बैंकले जोड दिने उनको तर्क छ । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘बैंकिङ सेरोफेरो’को शनिबारीय अंकका लागि बोल्दै उनले यस्तो बताएका हुन् ।
साथै उनले सनराइज बैंक ब्रान्चलेस बैंकिङलाई प्राथमिकतामा राखेर अगाडी बढेको दावी गरेका छन् । मौद्रिक नीतिका कारण बैंकको नाफा कम भयो भन्ने कुरा सामान्य रहेको बताउँदै उनले नाफा घटाउनेगरी आएका नियमहरु परिमार्जन हुने आशा पनि व्यक्त गरेका छन् । साथै उक्त कार्यक्रममा उनले ब्रान्चलेस बैंकिङ के हो भन्ने कुरा अझ प्रष्ट पारेका छन् ।
उनीसँगको पूरा अन्तर्वार्ता शनिबार राती ८:४५ बजे नेपाल टेलिभिजन न्यूज एचडिमा प्रशारण हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी