×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंकले गर्यो १२% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जनता बैंकले गर्यो १२% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

Artha Sarokar

६ आश्विन २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – जनता बैंकले १२% लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति २९१औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ६% बोनस सेयर र ६% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले ४८ करोड ४७ हजार १५५ रुपैयाँ बराबरको बोनस र ४८ करोड ४७ हजार १५५ रुपैयाँनै नगद लाभांश वितरण गर्नेछ । 
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४८ करोड ८ लाख ३३ हजार रुपैयाँ पुग्नेछ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी