×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारी सञ्चय कोषको रकम ३ खर्ब ९ अर्व ८५ करोड पुग्यो, जगेडा कोषमा ३१ अर्व ४५ करोड !

PRIME CA
GLOBAL IME BANK

कर्मचारी सञ्चय कोषको रकम ३ खर्ब ९ अर्व ८५ करोड पुग्यो, जगेडा कोषमा ३१ अर्व ४५ करोड !

३१ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कर्मचारी सञ्चय कोषको रकम ३ खर्व ९ अर्व ८५ करोड पुगेको छ । कर्मचारी संचय कोषले आफ्नो स्थापनाको ५८औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कोषमा जम्मा भएको रकम ३ खर्ब नाघेको जानकारी गराएको हो । त्यसमध्ये ३ खर्व ३८ अर्व ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको पनि कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिनु भयो । कोषले गत श्रावण महिनासम्ममा ३१ अर्व ४५ करोड जगेडा रकम रहेको पनि जनाएको छ । 
कोषले जगेडा रकमलाई मुलुकको पूर्वाधार, उर्जा र आवास निर्माण कार्यक्रममा लगानी गर्ने तयारी पनि गरेको छ । प्रशासक गौतमले मुलुकलाई समृद्ध बनाउने अभियानमा जगेडा रकम परिचालन गर्न लागिएको बताउनुभयो । त्यसका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग सहकार्य गरेर अघि बढने कोषको योजना छ ।
कर्मचारी संचय कोषमा हाल सरकारी र निजी क्षेत्र गरी ६ लाख संचयकर्ताहरु रहेका छन । उनीहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत सामान्य रोग लागेका १ लाख तथा घातक रोग लागेमा १० लाखसम्म उपचार खर्च दिने गरी स्वास्थ्य विमा सेवा पनि संचालन गरिएको कोषका प्रशासक गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी कोषले संचयकर्ताहरुलाई आफ्नो सेवा कालमै दुर्घटनामा परी अंगभंग भएमा वा मृत्यु भएका २ लाख दिने, काजक्रिया खर्च बापत ४० हजार रुपैयाँ दिने व्यवस्था गरिएको पनि जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: