
काठमाडौँ । कृषि प्राविधिकहरुले ‘एक गाउँः एक प्राविधिक’ सम्बन्धि निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंमा दवाव आन्दोलन सुरु गरेका छन् । काठमाडौंको माईतीघर मण्डलामा मंगलबार भेला भएका कृषि प्राविधिकहरुले ‘एक गाउँः एक प्राविधिक’ सम्बन्धि सरकारले गत भदौ २९ गते गरेको निर्णय तत्काल खारेज गर्न माग गर्दै विरोध प्रर्दशनसहितको दवाव आन्दोलन सुरु गरेका हुन । ३ हजारभन्दा बढि स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुको बिचल्ली हुने गरी सरकारले गरेको सो निर्णय खारेज गर्न माग गर्दै दवाव आन्दोलन सुरु गर्नु परेको नेपाल कृषि तथा भेटनरी हक, हित संरक्षण संघर्ष समितिका उपसंयोजक छबी भट्टराईले जानकारी दिनुभयो ।
२०७३ सालमा सबै स्थानीय तहमा सरकारले सर्तसहितको सेवा, सुविधा दिने गरी कृषि तथा भेटनरीहरुमा ३ हजारभन्दा बढि कृषि प्राविधिकहरु नियुक्त गरेको थियो । उनीहरुको रोजगारीको ग्यारेन्टी नगरी सरकारले एउटा गाउँमा एउटा मात्रै प्राविधिक राख्ने निर्णय गरेपछि कृषि प्राविधिकहरुले सो निर्णयको विरोधमा आन्दोलन सुरु गरेका हुन ।
प्रर्दशनसहितको आन्दोलनमा उत्रिएका प्रर्दशनकारीहरुले कृषि र कृषि क्षेत्रका उत्थानमा लागेका आफूहरुको आन्दोलनमा साथ दिन सम्पूर्ण कृषक तथा कृषि क्षेत्रमा कार्यरत संघ, संस्थाहरुलाई पनि अपिल गरेका छन । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्