
काठमाडौं । कृषि विकास बैंकको सिस्टम हृयाक गरेर ठूलो रकम निकालिएको बारे थप तथ्यहरु बाहिर आएका छन् । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सिस्टम हृयाक गरेर रकम निकालिएको पुष्टि गर्दै गर्दा यससम्बन्धि थप तथ्यहरु बाहिर आएका हुन् । निरौलाकै अनुसार पनि विगतको भन्दा फरक तरिका अपनाएर रकम चोरी भएको छ ।
‘ब्यालेन्स सिट नै तलमाथि पारेर रकम चोरी’
कृषि बिकास बैंकमा यसरीसम्म पैसा चोरी भएको छ कि कर्मचारीहरुले ब्यालेन्स सिट नै तलमाथि पारिदिएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले यसरी ब्यालेन्स सिट नै तलमाथि पारेर रकम चोरी गरिएको पुष्टी गरेका छन् । उनले दिएको जानकारीअनुसार कृषि विकास बैंकको सिरहाको लहान र धनगढी शाखा कार्यालयहरुबाट रकम ट्रान्सफर गरिएको छ । ‘नयाँ शैली अपनाएर रकम निकालिएको छ, यहाँ ब्यालेन्स सिटसमेत चलाइएको छ,’ कार्यकारी निर्देशक बमबहादुर मिश्रले भने, ‘बैंकको ब्यालेन्स सीटबाट केही रकम डेबिट गर्ने अनि नयाँ खाता खोलेर खातामा पठाएको जस्तो देखिएको छ । थप अनुसन्धान हुँदैछ । ’
बैंककै कर्मचारीको संलग्नता !
यस प्रकरणमा बैंककै कर्मचारीको संलग्नताको आशंका गरिएको छ भने यस प्रकरणमा संग्लग्न रहेको आशंकामा प्रहरीले ११ जनालाई विभिन्न ठाउँहरुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ। निर्मला तामाङलगायत रहेका छन् । यसैगरी सिरहाबाट पुष्पराज खड्का पक्राउ परेका छन् । यो प्रकरणमा बैंककै कम्प्युटर समेत प्रयोग गरेको देखिएको छ । यसकारण बैंककै कर्मचारीहरुको संलग्नता भएको हो कि भन्ने शंका गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
हेर्नुहोस् भिडियो
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्