×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि विकास बैंकको डेढ करोड रुपैयाँ ह्याकरले लुट्यो !

काठमाडौँ । नेपालका एटिएमहरु ह्याक भएको केहि समय नबित्दै नेपाली बैंकिङ क्षेत्रमा अर्को ‘दुर्घटना’ भएको छ । ह्याकरको एक गिरोहले कृषि बिकास बैंक लहान शाखाबाट झन्डै डेढ करोड रुपैयाँ लुटेको खबर बाहिरिएसंगै यो ‘दुर्घटना’को तथ्य बाहिर आएको हो । प्रहरीले दिएको जानकारी अनुसार ह्याकरको गिरोहले कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी सो बराबरको रकम लुटेको बताएको छ । प्रहरीका अनुसार असोज ५ गते सो रकम सिराहा शाखाबाट केन्द्रीय बैंक हुँदै गिरोहले लुटेको हो । स्रोतका अनुसार यस घटनामा संलग्न भएको आशंकामा काठमाडौँबाट रकम निकाल्ने तीन जना प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
‘तीन जनालाई काठमाडौंबाट नियन्त्रणमा लिइसकिएको छ। थप अनुसन्धान गर्दैछौं ।’ प्रहरी स्रोतले भन्यो । ठूलो परिमाणमा पैसा गायब भएको देखिन्छ, तर त्यो गिरोह को हो भन्ने विषयमा छानविन जारी छ। ‘ प्रहरी स्रोतले भन्यो । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
बैंकिङ क्षेत्रमा यस्ता घटना बारम्बार भइरहनुले नेपालको बैंकिङ क्षेत्रप्रति जनताको विश्वास घट्न सक्ने जोखिम देखिएको छ । तर यस्ता घटना घटीसकेपछिमात्र थाहा हुने ट्रेन्डले झन् समस्या निम्त्याउन सक्ने जोखिम भएको जानकारहरु बताउँछन् ।  

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: